काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेललाई अनामनगरको हनुमानस्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीसँगै परी थापासहित १५ जना पक्राउ परेका छन् ।
सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरिएको हो ।
सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिएपछि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा केही कार्यकर्ता र प्रहरी निरीक्षक वेद पौडेल र प्रहरी सहयाक निरीक्षक मानबहादुर तामाङ घाइते भएका छन् ।









प्रतिक्रिया दिनुहोस्