सर्लाही, पुस १३ । लालबन्दी नगरपालिका–९ का जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गर्ने गरेका छन् ।
७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर दोसल्ला ओढाई सम्मान गर्न सुरु गरिएको वडाध्यक्ष गोपालप्रसाद घिमिरले जानकारी दिए ।
उनका अनुसार वडाभित्रका झण्डै १ सय ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्न जनप्रतिनिधिको टोली घरदैलोमा निस्किएको हो ।
वडाध्यक्ष घिमिरेसहित वडा सदस्यहरु ज्येष्ठ नागरिकलाई सम्मान गर्न घरदैलोमा हिँडेका हुन् ।
प्रेरणाको स्रोतका रुपमा रहेका ज्येष्ठ नागरिकलाई सबै मिलेर सम्मान गर्दै हेरचाह गरौं भन्ने सन्देश दिन घर–घरमै पुगेर सम्मान गरिएको वडाध्यक्ष घिमिरेले बताए ।
निर्वाचित जनप्रतिनिधि घरमै आएर सम्मान गरेपछि ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्