
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्स भिड्ने छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
करण केसीको कप्तानीमा रहेको विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगरलाई चितवन टाइगर्सले हराएको थियो ।
आजको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा पहिलो जित निकाल्न चाहन्छ ।
वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो । चितवन भने इपिएलको चौथो संस्करणमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्