
File pic: Reuters
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजाट युएईमा सुरु हुँदैछ ।
कोरोना भाइरसका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।
बाँकी खेल सुरु भएको पहिलो दिनमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
आज दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न चाहन्छन । यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । आईपीएलमा अब ३१ खेलहरु बाँकी रहेको छ । mाइनल खेल अक्टोबर १५ मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्