Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा सार्वजनिक गर्न माग


0
Shares

काठमाडौं, पुस ८ । नेपाल समाजवादी काँग्रेसले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भूभाग समेटिएको नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारसंग माग गरेको छ ।

आज काठमाडौमा पत्रकार सम्मेलन गरेर नयाँ नक्सा सार्वजनिक गरी स्वाधिनताको रक्षा गर्न सरकारसंग माग गरेको हो ।

देशमा भ्रष्टाचार, अनियमितता, कालोबजारी र महंगी बढ्दासमेत सरकार मौन रहेको समाजवादी काँग्रेसको आरोप छ ।

पार्टीका अध्यक्ष गोविन्द निरौलाले धर्म, संस्कृति र सम्पदामाथि अतिक्रमण हुन थालेको भन्दै सम्पदा बचाउने अभियानमा सरिक हुन आग्रह गरे ।