Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


नेविसंघमा तत्काल नयाँ नेतृत्व ल्याउन विद्यार्थीको माग


0
Shares

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी सभापति शेर बहादुर देउवालाई भेटी तत्काल नयाँ नेतृत्वको माग गरेका छन् ।

नेवि संघका निवर्तमान केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौंडेलको नेतृत्वमा देउवा निवास बुढानिलकण्ठ पुगेका विद्यार्थीहरुले अविलम्व नयाँ नेतृत्व ल्याइ संगठनलाई शसक्त बनाउन माग गरेका हुन् ।

विद्यार्थी नेताहरु तपन खड्का, नेपाल कमर्स क्याम्पस, मीनभवनका इकाइ सभापति विष्णु खड्का, आरआर क्याम्पसका स्ववियू सदस्य सुनिल शर्मा, जनमैन्त्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाही, सिटीइभीटीका इकाइ उपसभापति जीवन सुवेदी साथै शुसील भुर्तेल, प्रवेश ढुंगानालगायत करिब अढाइसय बढी विद्यार्थीहरु मंगलबार विहानै देउवा निवास पुगेका थिए ।

आउनै लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन साथै संगठन भित्र देखिएको सुस्ततालाई मध्यनजर गर्दै तत्काल नयाँ नेतृत्व ल्याउन आफूहरुले पार्टी सभापति समक्ष माग राखेको निवर्तमान केन्द्रीय सदस्य गौंडेलले जानकारी दिए ।

भेटमा सभापति देउवाले नेवि संघप्रति आफू गम्भीर भएको बताउँदै पुस १० गतेको केन्द्रिय समितिको बैठकबाट नयाँ नेतृत्वको छिनोफानो गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले गरिरहेको भ्रष्टाचार, बेथिति र अराजकताका विरुद्ध शसक्त रुपमा विरोध गर्न विद्यार्थीहरुलाई निर्देशन दिए ।