Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


‘पैसा बाँडेर होमस्टे प्रवर्द्धन हुँदैन’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस ७ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पैसा बाँडेर होमस्टे प्रवर्द्धन हुन नसक्ने बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सुरु भएको राष्ट्रिय पर्यटक गाइड तालिमको सोमबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

गण्डकी सरकारले प्रतिहोमस्टेका लागि वितरण गरेको १० लाख रुपैयाँप्रति इंगित गर्दै उनले पैसाले होमस्टेको प्रवर्द्धन नभइ टाठा–बाठाले मात्र खाने गरेका उल्लेख गरे ।

महानगरमा बन्ने होमस्टेहरु अब महानगरकै मापदन्डमा सन्चालित हुनुपर्नेमा पनि उनले जोड दिए ।

‘७० वर्ष काटेका बुवा–आमाले पकाएर दिएरमात्र होमस्टे नहुने’ भन्दै उनले होमस्टेका लागि चाहिने आवश्यक पूर्वाधारहरु खडा गरेरमात्र महानगरमा होमस्टे सन्चालन हुने, अन्यथा नहुने स्पस्ट पारे ।

कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष नजिकिँदै गर्दा गरिएको तालिम फलदायी बन्ने विश्वास व्यक्त गरेका थिए ।

पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट (नाथुम)सँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं सहयोगमा तालिम सन्चालन गरिएको हो ।