Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


राष्ट्रिय सूचना आयोगले सम्पादन गरेका कामबारे संसदीय समितिलाई जानकारी


0
Shares

काठमाडौं, पुस ७ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगले सम्पादन गरेका काम–कारबाहीबारे जानकारी लिएको छ ।

सोमबार समितिको कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हेर्न पाउने प्रबन्ध मिलाएको, लोकसेवा आयोग, शिक्षक सेवा आयोग, पुरातत्व विभाग, नेपाल बैंक लिमिटेड, चार्टड एकाउन्टेड संस्थाजस्ता निकायले लिएको परीक्षाको प्राप्तांक जान्न पाउने हक सुनिश्चित गरिएको जानकारी दिए ।

उनले पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विधान, माथिल्लो कर्णालीको ‘पीडीए’ सम्झौता, नेपाल र चीनबीचको हवाई खरिद सम्झौता, नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्तको सहमति उपलब्ध गराउन पनि आदेश दिएको बताए ।

छलफलमा समितिका सदस्यहरुले सूचनाको हकसम्बन्धी कानुनहरुलाई प्रभावकारी बनाउनु अहिलेको चुनौती भएको बताएका थिए ।