Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अमोघवीरलाई ललितपुर महानगर वडा १६ गर्‍यो सम्मान


0
Shares

काठमाडौं, भदौ २८ । संसार क्रियाशन र संसार अनलाइन टिभीको आयोजनामा सम्पन्न संसार अनलाइन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी सम्मान गरेको छ ।

१६ वडा भवनमा सम्पन्न उक्त समारोहमा यसै वडाको बूबहाल निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्रबाट सम्मान गरेको हो । सम्मान गर्नुहुँदै वडा अध्यक्ष निर्मल रत्न शाक्यले वडाका कलाकारहरुले प्राप्त गरेको सफलताले सम्पूर्ण वडालाई नै उत्साहित बनाउने हुँदा ती कलाकारहरुप्रतिको जिम्मेवारी निर्वाह गर्ने क्रममा वडाले बधाई तथा सम्मान गर्ने परम्पराको थालनी गरेको बताउनु भयो ।

उहाँले वडा १६ का कलाकारहरुलाई ध्यानमा राखी कलाकार समिति बनाएको उल्लेख गर्नुहुँदै योगदान गरेका कलाकारहरुको मान राख्न, प्रगतिमार्ग बनाउन कलाकार समिति निर्माण गरेको बताउनुभयो ।

यसै समितिले आयोजना गरेको समारोहमा बोल्नुहुँदै समितिका संयोजक सुरजवीर बज्राचार्यले फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई बधाई दिनुहुँदै कलाकारको सफलतालाई वडाकै सफलता मानी मान दिने यो परम्पराको थालनीले कलाकारहरु खुशी हुने उल्लेख गर्नुहुँदै येँयाः (इन्द्रजात्रा) को अवसरमा समितिले ललितपुरको नागबहालमा आयोजना गर्ने सांगीतिक, सांस्कृतिक कार्यक्रममा समितिका अन्य कार्यक्रम उद्घोष हुने बताउनुभयो ।

पुरस्कृत एवं सम्मानित कलाकार अमोघवीर बज्राचार्यले वडा एवं कलाकार समितिले यसरी कार्यक्रम नै आयोजना गरी आफूलाई दिएको बधाईले अझ बढी जिम्मेवारी बोध गराएको बताउनुभयो ।