Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


विप्लव समूहले गरे गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको अपहरण, श्रीमती र भाई अपहरणमुक्त


0
Shares

दैलेख, पुस ६ । ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेका छन् ।

शिरपाटामा घरमै रहेका उनलाई गएराति करीव १५ जनाको समूहमा हतियारसहित आएकाहरुले अपहरण गरेका हुन् । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् ।

उनीसँगै अपहरणमा परेकी अध्यक्ष शाहीकी श्रीमती ईला शाही र भाइ हस्तबहादुर शाहीलाई भने बिहान छाडिएको छ ।

राजनीतिक मुद्धा भएकाले शाहीलाई अपहरण गरिएको र २, ३ दिनभित्र छाड्ने आश्वासन दिएको उनकी श्रीमती इलाले बताइन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाहीको अपहरणको सूचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजी कार्यलाई तीव्र वनाउन आवश्यक तयारी भइसकेको जानकारी दिए ।