Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दैलेखमा गाउँपालिका अध्यक्ष दम्पती नै अपहरणमा


0
Shares

दैलेख, पुस ६ । गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरेको छ ।

दैलेखको ठाँटिकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी पत्नी इला शाहीलाई गए राति हतियारसहित आएका १५/१६ जनाको समूहले सोधपुछ गर्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शाही दम्पतीलाई दैलेख कालीकोटको सीमाना तर्फ लगिएको स्थानीयले बताएका छन् । अपहरण विप्लव समूहको नेकपाका कार्यकर्ताले गरेको आशंका स्थानीयको छ ।

शाही दम्पतीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।