६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


बाढीले काभ्रेको तेमाल खानेपानी आयोजना प्रभावित


0
Shares

काभ्रे । बाढीका कारण काभ्रेको तेमाल खानेपानी आयोजना प्रभावित भएको छ । सुनकोशी नदी किनारमा बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाको संरचना बाढीले बगाएपछि आयोजना प्रभावित भएको हो ।

बाढीका कारण निर्माणाधिन आयोजनामा करिव ५० लाखको क्षति भएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । असोजभित्र नै तेमाल गाउँपालिकाको सबै क्षेत्र, नमोवुद्ध नगरपालिका र रोशी गाउँपालिकाको केहि वडामा खानेपानी वितरण गरिसक्ने योजना थियो ।

भौतिक संरचना निर्माणको काम करिव ९८ प्रतिशत सकिएको छ । दोस्रो चरण अन्तर्गत पाइपलाइन विस्तारको काम ८२ प्रतिशत सकिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनाबाट ९ हजार ३ सय १० धुरीका करिव ६० हजार जनसंख्याले खानेपानी पाउनेछन् ।