Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


‘सदाचारिता, इमान्दारिता र जवाफदेहिता आवश्यक’


0
Shares

जनकपुरधाम, पुस ५ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउन सबै नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा अकाउन्टिबिलिटी ल्याबले गरेको ‘सार्वजनिक सेवामा सदाचार’ विषयक अन्तरसंवादमा बोल्दै उनले समृद्ध मुलुकको सम्पन्न नागरिक कहलाउन सदाचारिता, इमान्दारिता र जवाफदेहिता आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश–२ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेशसभा सदस्य परमेश्वर साह, अर्थविद् डा. सुरेन्द्र लाभलगायतको सहभागिता रहेको थियो ।