Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


लोकसेवा परीक्षा उत्तीर्ण भएर नियुक्ति नलिनेलाई दुई वर्ष पुनः परीक्षामा सहभागी हुन नदिने प्रस्ताव


0
Shares

काठमाडौं, पुस ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोकसेवा परीक्षामा उत्तीर्ण भएरपनि नियुक्ति नलिनेहरुलाई दुई वर्ष पुनः परीक्षामा सहभागी हुन नदिने प्रस्ताव गरेको छ ।

८ पटकसम्म लोकसेवा आयोगको परीक्षा पास गरेर पनि नियुक्ति नलिएर वैकल्पिक उम्मेदवारसँग ‘बार्गेनिङ’ गरेर पैसा उठाइएको जनाउँदै विकृति रोक्न भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो प्रस्ताव ल्याएको हो ।

लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा जारी दफावार छलफलका क्रममा यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

तर, समितिका सदस्यहरुले भने एकाध घटनालाई नजीर मान्दा निर्दोष व्यक्ति पर्नसक्ने भन्दै प्रस्तावमा संशोधन गर्न माग गरेका छन् ।

सांसदहरुको मागपछि लोकसेवा आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्दोष व्यक्ति नपर्ने गरी परिमार्जन गर्न तयार रहेको जनाएको छ ।

हाल नियुक्ति सिफारिस भएको व्यक्तिले ३५ दिनभित्र नियुक्ति लिनुपर्ने व्यवस्था छ । ३५ दिनभित्र नियुक्ति नलिए स्वतः वैकल्पिकले अवसर पाउँछन् ।