Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सभामुख चयन प्रक्रिया अघि बढाउन काँग्रेसले दबाब दिने


0
Shares

काठमाडौं, पुस ३ । नेपाली काँग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने भएको छ ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत प्रभावकारी नहुने र अनुगमन गर्न समेत अप्ठेरो हुने भन्दै तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो ।

बैठकले सरकार जनताका दैनिक समस्याहरुप्रति उदासिन बन्दै गएको, महंगी र भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गरेको छ ।

सरकारले फोन ट्यापिङ गर्ने गरी संविधान विपरीतका कानुनहरु बनाउने काम अघि बढाएको भन्दै तत्काल त्यस्तो कानुन निमार्ण रोक्न माग गरेको छ ।

सरकार एकपछि अर्को नियन्त्रणमुखी कानुन निमार्णको क्रममा रहेको र अबको संसदमा त्यसको कडा प्रतिरोध गर्ने तयारी आफुहरुले गरेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकमा सरकारका गलत क्रियाकलापका विरुद्ध एकताबद्ध भएर लाग्न सांसदहरलाई  सभापति शेरबहादुर देउवाले निर्देशन समेत दिएको सचेतक खाँडले जानकारी दिए ।