काठमाडौं, पुस १ । पुस १ गतेको सन्दर्भ पारेर राजावादी संघ–संस्थाहरुले तत्कालीन राजा महेन्द्र शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार विभिन्न राजावादी संघ–संस्थाका सदस्यहरुले दरबारमार्गमा रहेको स्व. राजा महेन्द्रको सालिकमा माल्यार्पण गरेका हुन् ।
उनीहरुले पुस १ गते नेपालको इतिहासमा अमर रहिरहने दाबी गरे ।
राष्ट्रिय झन्डा र ब्यानरसहित उपस्थित भएकाहरुले नाराबाजीसमेत गरेका थिए ।
उनीहरुले भारतले आफ्नो नक्सामा समेटेको कालापानी क्षेत्र फिर्ता गर्नसमेत माग गरेका थिए ।
वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गरेका थिए । त्यसपछि मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्