Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी छः बाबुराम भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्तामा जो कोही आएपनि कुर्सीको खेल जारी रहेको बताउनुभएको छ ।

भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी रहने तर नागरिकका समस्या जहाँको तही रहेको बताउनुभएको हो । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इंगित गर्दै यस्तो लेख्नु भएके हो ।

भट्टराइले आज ट्विट गर्नुभएको छ, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!’