Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


महाधिवेशनको वातावरण बनेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष, जिल्ला सभापतिहरुको अनशन आज तोडिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।

महाधिवेशनमा एकजुट भएर लाग्न सिंगो पार्टी पंक्तिलाई एक औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिनु भयो । पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि यो समूह महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।

शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि पौडेल पक्षीय जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने नेता सिंहले जानकारी दिनुभयो । पौडेल पक्षले २ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि सभापति देउवालाई दवाव दिएको छ । यही भदौं १८ गतेबाट वडा अधिवेशन प्रारम्भ गर्ने पार्टी केन्द्रिय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा सभापति देउवासँग सहमति गरिएकाले सोहीअनुसार अघि बढने निर्णय पनि गरिएको नेता सिंहले बताउनु भयो ।

Skip This