Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


गायक जेबी टुहुरेको निधन


0
Shares

काठमाडौ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उनको आज निधन भएको हो ।

मस्तिष्कघात भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको थियो । ७६ वर्षिय टुहुरेकोआइसियुमा उपचार क्रममा निधन भएकाे हाे ।

मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघातपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, जस्ता चर्चित गीतहरु गाएका छन् ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Skip This