१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अध्यक्ष दाहालको जन्मदिनमा शुभकामनाको यस्तो ‘भेराइटी’


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले ६५ औं जन्मदिन मनाइरहँदा नेता तथा शुभेच्छुकहरुले शुभकामना दिइरहेका छन् ।

कतिपय नेताहरुले उनलाई ब्यग्यात्मक तरिकाले शुभकामना दिएका छन् भने कतिले प्रशंसा गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयोद्धा हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिएका हुन् ।

मन्त्री विना मगरले पनि प्रशंसाका शब्द खर्च गरेर शुभकामना दिएकी छन् । 

राष्ट्रिय सभा सांसद कोमल ओलीले प्रचण्डको गुनगानमा शब्द खर्चिएकी छन् । उनले लेखेकी छन्, “इतिहासमा धेरै जन्मन्छन तर इतिहासलाई जन्म दिने मानिस विरलै जन्मन्छन्। तपाईं इतिहास जन्माउने प्रयत्नमा हुनुहुन्छ । यसमा सफलता मिलोस् र नेपाली मात्रले सुख र चयनसंग जीवन यापन गर्न पाउन् । जन्मदिनको हार्दिक शुभकामना ।’

फेसबुकमा राम केसी लेख्छन्–‘केहि कमि कमजोरीका बाबजुद वर्तमान नेपाली राजनितिमा मुलुकलाई सहि दिशा दिनसक्ने संभावनायुक्त नेतृत्व प्रचण्ड बाट नै सम्भव देखिन्छ ।

–त्यसैले प्रचण्डको खुट्टा तानेर होईन प्रचण्डको हात बलियो बनाएर अघि बढौं।

–प्रचन्डको बाटो छेकेर होईन प्रचण्डको अभियानमा साथ दिन अघि सरौं ।

अध्यक्ष प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोराका रुपमा जन्मिएका हुन । कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भन्न रुचाउँछन् ।