Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


उखु किसानहरुले पाउनुपर्ने भुक्तानी र अनुदान नदिए कडा आन्दोलन गर्ने चेतावनी


0
Shares

ukhu kisan

काठमाडौं। देशका ६ किसान संगठनहरूले सरकारलाई उखु किसानहरुले पाउनुपर्ने भुक्तानी र अनुदान रकम तत्काल भुक्तान गर्न माग गरेका छन् ।

आइत्बार एए प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।

आफ्ना मागहरू पूरा नभएमा उखु किसानको रकम नतिर्ने चिनी मिल, व्यापारी र तिनको संरक्षण गर्ने सरकारको विरूद्ध कडा संघर्षमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाद्वारा हस्ताक्षरित वक्तव्यमा बेचिएको वस्तुको वर्षौसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुले किसानहरूको थप शोषण मात्रै नभई उनीहरूका चहराइरहेका घाउमाथि निरन्तर नून–चुक थप्ने काम हुँदै आएको दाबी पनि गरिएको छ ।