 
	    काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ ।
नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई हिजो बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो ।
उहाले स्पष्टीकरण नदिई राजीनामा दिनु भएकाे थियाे । एमाले फुटाएर एमाले समाजबादी गठन गरेपछि माधवकुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको छ । यसअघि हिजैको मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्