 
	    काठमाडौं, साउन १५ । सशस्त्र प्रहरीले देशको परिवर्तित संरचनाअनुसार संगठनलाई अघि बढाउने तयारी भइरहेको जनाएको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार पत्रकार सम्मेलन गरी नयाँ संरचना जानका लागि पाँचओटा बाहिनीलाई बढाएर प्रत्येक प्रदेशमा एक/एकओटा र उपत्यकामा एउटा गरी ८ ओटा बाहिनी बनाइने जानकारी दिइयो ।
देशमा सुशासन कायम राख्न ‘म्यान्डेटोरियल टास्क’सहित ‘लंग’ र ‘सर्टरेन्ज’ गस्तीमा परिचालन हुने तथा विपद् व्यवस्थापनमासमेत तदारुकताका साथ काम गर्दै आएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
दैनिक ९ हजार सशस्त्र प्रहरीको जनशक्ति देशभरका ९०० भन्दा बढी स्थानमा परिचालन हुँदै आएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी बाबुराम पाण्डेले जानकारी दिए ।
अपर्झट आइपर्ने विपद्मा उद्धारका लागि १३ ओटा एम्बुलेन्स तयारी अवस्थामा रहने गरेको र १३ स्थानमा प्राथमिक उपचारस्थल खडा गरिएको पनि सो अवसरमा जानकारी दिइयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्