-केदार कटुवाल/ ईमेज
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले निर्माण गरेको फोहोर मैला व्यवस्थापन डम्पिङ साइडको प्रयोग नहुँदा नगरक्षेत्रको वातावरण दुषित बनेको छ ।
एक वर्ष अघि करिव २० लाखको लागतमा निर्माण गरिएको डम्पिङ साइड प्रयोगबिहीन बनेको हो ।
यसले पार्ने प्रतिकुल असरबारे सरोकारवाला संगको छलफलबिनै डम्पिङ साइडको निर्माण गरिएको भन्दै छिमेकी बस्तीले बिरोध गरेपछि प्रयोगमा नआएको स्थानीयले बताएका छन् ।
बजार क्षेत्रबाट दैनिक दश टन भन्दा बढि फोहोर मैला निस्काशन हुने गरेको छ ।
स्थानीयको बिरोधपछि बजार क्षेत्रको ५ सय मिटर पश्चिम रहेको द्वारखोलामा डम्पिङ गर्ने र राती आगो लगाउने गरिएको छ ।
जसले गर्दा त्यसबाट निस्किएको धुँवाले बजार क्षेत्र नै प्रभावित बनेको छ ।
यता, चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राई भने फोहोरमैला तथा प्रसोधन केन्द्र व्यवस्थाका लागि सरोकारवाला पक्षसँग छलफल भइरहेको बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्