Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


निर्माणाधीन संसद भवनको स्थलगत अवलोकन


0
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरवारमा निर्माणाधीन संघीय संसद भवनको लागि पर्याप्त बजेटको माग गरेको छ । समितिका पदाधिकारीहरुले निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि यस्तो माग गरिएको समितिकी सभापति कल्याणी खड्काले बताउनुभयो ।

भवन निर्माणमा संलगन श्रमिकहरुका लागि तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको तत्काल व्यवस्थापन गर्न पनि समितिले जोड दिएको छ ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कोभिडका कारण अपेक्षा अनुसार निर्माण कार्यले गति लिन नसकेको स्वीकार गर्दै अन्तर्राष्ट्रिय बजारबाट निर्माण सामग्री खरिद गरी ल्याउने काममा समेत कोभिडले समस्या पारेको बताउनुभयो । सचिव सिंहले निर्माणस्थल परिसरमा निर्माण हुने १२ मध्ये ११ वटा ब्लकको निर्माण कार्य भईरहेको बताउनुभयो ।