Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दै


0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै अर्थमन्त्री शर्माले ‘आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नु हुनेछ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

Skip This