Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


अन्तर्घातीलाई कारवाही नगरेसम्म पार्टीले कहिल्यै चुनाव जित्दैन : सभापति देउवा


0
Shares

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

आज(शनिबार) भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले अन्तर्घातीलाई कारबाही नगरेसम्म पार्टीले कहिल्यै चुनाव नजित्ने भएकाले कारबाही गरेरै छाड्ने दाबी गरे ।

हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको भन्दै उनले राम्रोसँग जनताको काम गरे आगामी चुनावमा राम्रो नतिजा आउने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारले नागरिकका अधिकार खोस्न खोजिरहेको आरोप लगाए ।

नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा विपन्न नागरिकहरुलाई साइकल तथा ह्वील चियर वितरण गरिएको थियो ।