
काठमाडौं । सरकारले कोरोना संक्रमणका बिरामी बढ्न थालेको भन्दै बिहीबारदेखि राति ८ बजे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तो अवैज्ञानिक निर्णयको चौतर्फी विरोध भइरहेको छ । राति ८ बजे हिडडुल बन्द गरिएपनि अन्य समयमा बिहान साँझ बजारमा किनमेल गर्ने, मर्निङ वाक हिड्नेको भीड नै देखिन्छ । जसले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना गर्ने निश्चित छ ।
मानिसको चहलपहललाई रोक्न सरकारले अलि कडा नियमहरु ल्याउन जरुरी छ । यस्ता निर्णयले कोरोना घट्ने भन्दा बढ्ने मात्रै देखिन्छ । बेलैमा कोरोना संक्रमण रोकथाम नगर्ने हो भने यसले दुखदायी परिणाम ल्याउने छ । राति ८ बजेबाट कोरोना संक्रमण बढ्ने तर अरुबेला नबढ्ने हो र भन्दै सामाजिक सञ्जालमा सरकारसँग प्रश्न गरिएका छन् ।
नेपाली कांग्रेसका सांसद गगन थापाले राति ८ बजेपछि कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भन्दै प्रतिनिधिसभामा प्रश्न गर्नुभएको छ ।
थापाले भन्नुभयो, ‘८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ?’ सांसद थापाले खोपको काम प्रशंसायोग्य रहेको भन्दै खोप व्यवस्थापन यति धेरै कमजोर किन ? भन्दै प्रश्न गरेका थिए ।
त्यस्तै पत्रकार शिव दाहाल लेख्नुहुन्छ, भुतमा परिणत भएर कोरोना भाइरस पनि राति आठ बजेपछि मात्रै आउने भएछ!
भुतमा परिणत भएर काेराेना भाइरस पनि राति आठ बजेपछि मात्रै आउने भएछ !
— ShIvA DaHaL (@dahalshivaji) August 12, 2021
यस्तै ट्विटरमा आफूलाई चिकित्सक बताउने अभिषेख राज सिंहले पनि राति ८ बजेपछि सवारी चलाउन पाइने वैज्ञानिक आधार के भन्दै प्रश्न गर्नुभएके छ । उहाँले लेख्नुभएको छ, राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन नपाइनेमा बैज्ञानिक आधार के ? राती ८ बजेपछि कोरोना सर्ने हो ? बैज्ञानिक रुपमा पुष्टि नहुने यस्ता निर्णयहरुको सबैले आ आफ्नो ठाउँबाट जवाफ मागौं!
राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन नपाइनेमा बैज्ञानिक आधार के ?
— Abhishek Raj Singh (@SinghR_Abhishek) August 10, 2021
राती ८ बजेपछि कोरोना सर्ने हो ?
बैज्ञानिक रुपमा पुष्टि नहुने यस्ता निर्णयहरुको सबैले आ- आफ्नो ठाउँबाट जवाफ मागौं!@ekantipur_com @setopati @NAYA_PATRIKA @Online_khabar @healthpostnepal @Swasthyakhabar
यस्तै पत्रकार प्रकाश रिमालले सरकारको ८ बजेपछि सवारी चलाउन नपाइने कुराको व्यङ्ग्य गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘भुसुक्कै बिर्सेको आज त राती आठ बजेसी कोर्नाले चार पाङ्ग्रे देख्नै हुन्न है ।’
भुसुक्कै बिर्सेको – आज त राती आठ बजेसी कोर्नाले चार पाङ्ग्रे देख्नै हुन्न है 😂 https://t.co/WCkPqQIStV
— Prakash Rimal (@rimalprakash) August 12, 2021
यस्तै सञ्चारकर्मी चेवन घिमिरेले डेल्टा डेल्टा भन्थे, ८ बजे रातिदेखि सर्ने नयाँ भेरिएन्ट रहेछ १११ भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
डेल्टा डेल्टा भन्थे, ८ बजे रातिदेखि सर्ने नयाँ भेरिएन्ट रहेछ !!!
— च्यवन (@chghimire) August 10, 2021
यस्तै एसिड अभियन्ता उज्वल विक्रम थापाले पनि सरकारको यो निर्णयको विरोध गर्नुभएको छ । ‘रात परे पछि मात्र अनैतिक काम हुन्छ भन्ने विश्वास ले हुर्केको समाज ले कोरोना लाई पनि त्यहीँ श्रेणीमा राख्यो। राती ८ बजे पछि,।।।। ।।।।।।।।।।बन्द।जय होस् ।’ उहाँले लेख्नुभएकाे छ ।
रात परे पछि मात्र अनैतिक काम हुन्छ भन्ने विश्वास ले हुर्केको समाज ले कोरोना लाई पनि त्यहीँ श्रेणीमा राख्यो। राती ८ बजे पछि,…. ……….बन्द।जय होस्
— Ujjwal Bikram Thapa (@UjjwalBikram) August 11, 2021
यस्तै ट्विटर प्रयोगकर्ता लिवाङीले सिडियोले कोरोना राती सक्रिय हुन्छ भनेर त होला, ८ बजे देखि सवारी साधन चलाउन निषेध गरेका छन्
फ्लाइट रातिको १०, ११ बजे सम्म छन् । भर्खर, स्टाफ लाई रूम जाँदै गर्दा, भोलि ८ बजे अघि फर्किनु नत्र बाइक होल्ड गरिन्छ भनेर ट्राफिकले भने रे भन्दै ट्विट गर्नुभएकाे छ ।
सिडियो ले कोरोना राती सक्रिय हुन्छ भनेर त होला, 8 बजे देखि सवारी साधन चलाउन निषेध गरेका छन्
— लिबाङ्गी (@libangi13) August 12, 2021
फ्लाइट रातिको 10, 11 बजे सम्म छन्
भर्खर, स्टाफ लाई रूम जाँदै गर्दा, भोलि 8 बजे अघि फर्किनु
नत्र बाइक होल्ड गरिन्छ भनेर…ट्राफिक ले भने रे
यस्तै ट्विटर प्रयाेगकर्ता दुर्गा पगेनी लेख्नुहुन्छ, ‘सांझ ७ बज्दा नबज्दै काठमाण्डौ सुनसान भैसक्छ-आठ बजे त जमलबाट बालाजु जाने गाडी पाउन मुस्किल हुन्छ-फेरिपनि ‘रातिमा लकडाउन’ गर्ने निर्णय गरेछ सरकारले-दिउसो भरि भाँडोभैलो रात परेपछिको चटक -अचम्म !!’
सांझ ७ बज्दा नबज्दै काठमाण्डौ सुनसान भैसक्छ-आठ बजे त जमलबाट बालाजु जाने गाडी पाउन मुस्किल हुन्छ-फेरिपनि ‘रातिमा लकडाउन’ गर्ने निर्णय गरेछ सरकारले-दिउसो भरि भाँडोभैलो रात परेपछिको चटक -अचम्म !!
— Durga Pangeni (@dpangenee) August 10, 2021
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाएको छ ।
भदौ ८ गतेसम्म निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न गराउन नपाउने उल्लेख छ।
यस्तै चोक, खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्