Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


कर्तव्य पालनाको सिलसिलामा विनम्र बन्नुस्: प्रहरी महानिरीक्षक क्षेत्री


0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिन उल्लेख गर्दै लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न विशेष चनाखो हुनुपर्ने र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसँग समन्वय गरी शिष्ट व्यवहारका साथ नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्न बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान पद्धतीलाई प्रविधीमैत्री, प्रमाण र परिणाममूखी बनाउँदै सुरक्षा व्यवस्था मिलाउन सशक्त रुपमा काम कारवाही गर्न समेत निर्देशन दिनुभयो

। बाढी, पहिरो, डुवान लगायतका घटनामा उद्धार टोली र उद्धार सामग्रीहरु सहित तयारी अवस्थामा रहन तथा कोभिड(१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

Skip This