Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


बलात्कृत महिला अदालत जाँदै गर्दा जलाइयो, अवस्था चिन्ताजनक


0
Shares

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ ।

उन्नाओ जिल्लाी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन ।

अदालतले उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुको एक समूहले तानेर नजिकै खेतमा पु¥याइ आगो लगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरु तीन जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । नागरिक दैनिकबाट