पाल्पा, मंसिर १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् ।
त्यसक्रममा पूर्वराजा शाहलाई पाल्पावासीले भव्य स्वागत गरेका थिए ।
मखनटोलको हुलाकचोकदेखि शीतलपाटी हुँदै भगवतीटोलसम्म सयौं शुभेच्छुक, समर्थक तथा सर्वसाधारण लामबद्ध भइ पूर्वराजाको स्वागत गरेका थिए ।
उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र कायम गर’जस्ता नारा लगाएका थिए ।
कर्णेल उजिरसिंह थापाले अंग्रेजलाई युद्धमा हराएपछि उनले नै स्थापना गरेको भगवती मन्दिरमा पूर्वराजा शाहले करिब आधा घन्टा पूजा गरे ।
पूर्वराजा शाहले देशमा ‘असुनी’हरुको संख्या बढ्दै गएकाले राष्ट्र संकटमा परेको भन्दै दैवीशक्तिको आराधनामा हिँडेको बताए ।
पूर्वराजा शाहको भ्रमणका क्रममा पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्