६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


सरकार–मेडिकल कलेजबीचको सहमति छानबिन गर्न कार्यदल गठन


0
Shares

काठमाडौं, मंसिर १९ । चिकित्सा शिक्षा आयोगले सरकार र मेडिकल कलेजहरुबीच भएको सहमतिको छानबिन गर्न बिहीबार पाँच सदस्यीय कार्यदल बनाएको छ ।

शुल्क विरोधको विषयमा विद्यार्थीहरुले बुधबारदेखि सुरु भएको प्रथम वर्षको परीक्षा बहिस्कार गरेपछि आयोगले शुल्क फिर्तासम्बन्धी सहमतिको छानबिन गर्न कार्यदल गठन गरेको हो ।

चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।

सरकारले यही मंसिर १० गते सरकारले तोेकेबमोजिमको शुल्क लागू गराउने सहमति गरेको थियो ।

तर, सबै विद्यार्थीहरुलाई नसमेटिकन सहमति गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।