काठमाडौं, मंसिर १९ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक समृद्धिको सरकारी लक्ष्य पूरा गर्न सबै राजनीतिक दलको एकतामा जोड दिएका छन् ।
आर्थिक समृद्धिमा राजनीतिक दलको भूमिका बिषयमा आज काठमाडौमा भएको कार्यक्रममा उनले आर्थिक समृद्धिको लागि राजनीतिक स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्ने बताए ।
आर्थिक समृद्धिको लागि युवा, महिला र बौद्धिक नेतृत्वलाई भूमिका दिइनु पर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
उनले राजनीतिक क्रान्ति पुरा भएको अवस्थामा अब सरकार र निजी क्षेत्रको ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, युवा परिषद्का अध्यक्ष माधव ढुङ्गेललगायतले आर्थिक समृद्धिको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै युवामैत्री कार्यक्रम सञ्चालनमा जोड दिए ।
कार्यक्रममा आर्थिक समृद्धिमा राजनीतिक दलको भूमिका बिषयमा पाँचवटा कार्यपत्र प्रस्तुत गरीएको छ ।










प्रतिक्रिया दिनुहोस्