Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्व. सिटौला समाजसेवा पुरस्कार स्थापना


0
Shares

काठमाडौं, साउन २२ । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडिआरसी)को व्यवस्थापनमा रहनेगरी स्वा. पवित्रा सिटौला उप्रेतीको ईच्छा अनुसार स्व. पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार स्थापना भएको छ ।

तेह्रथुम जिल्ला आठराई ईवामा जन्मिनु भएकि स्व. पवित्रा धेरै बर्ष आमा बुवाका साथ झापाको सुरूंगा \ घैलाडुब्बा (हाल कनकाई उप नगरपालिका)बस्दै आउनु भएको थियो ।

बिगत २० बर्ष देखि आफ्ना कान्छा भाई तुलसी प्रसाद उप्रेतीसँग सुकेधारा काठमाडौं बस्दै आउनु भएकि स्व. पवित्रा सिटौला उप्रेती एक समाजसेवी हुनुहुन्थ्यो ।

उहाँले करिब ५ बर्ष अघि नै आफ्ना बुवा मुवाका नाममा धर्मानंद कौशल्या देवी महिला शशक्तिकरण पुरस्कार कोषू को स्थापना गर्नु भएको, एसएसडिआरसी को भवन निर्माण कोषमा उल्लेखनिय सहयोग पुर्याउनु भएको, झापा घैलाडुवा, चम्पापुर स्थित गायत्री मंदिरलाई तथा बिभिन्न ठाँउमा रहेका आर्य समाज भवनहरू लगायत ब्यतिगत तवरमा आवश्यकतामा रहेका ब्यक्तिहरूलाई सहयोग पुर्याउँदै आउनु भएको थियो ।

दुर्गादाश उप्रेतीकी नातिनी धर्मानन्द उप्रेती तथा कौशल्या उप्रेतीकी सुपुत्री स्वा. पवित्रा सिटौला उप्रेतीले आफ्नो जीवनकालमा सधैं नै सामाजिक सेवालाई आफ्नो जीवनको मूल उद्देश्य बनाई सक्रिय रहँदै आउनुभएको थियो । उहाँकै ईच्छा अनुसार उहाँका भाइ तुलसी प्रसाद उप्रेतीले उक्त पुरस्कार कोषको लागि रु. पाँच लाख एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो ।

हाल उक्त कोषको संरक्षक श्री तुलसी प्रसाद उप्रेती नै हुनुहुन्छ । संरक्षक उप्रेतीका अनुसार उक्त कोषले जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिला लगायत सामाजिक हक हितमा काम गर्ने सामाजिक संस्था, गैह्र सरकारी संघ संस्था एवम् उल्लेखित क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति छनौट गरि वार्षिक रूपमा पच्चिस हजार रुपैयाको पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कारू प्रदान गर्नेछ ।

उक्त कोषको सम्पूर्ण व्यवस्थापन विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले गर्ने छ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विगत एघार वर्षदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित छ । स्व. पवित्रा सिटौला उप्रेतीज्यूको यस पवित्र र महान कार्यको संबाहक बन्न पाउदाले खुशी व्यक्त गरेको छ ।

Skip This