Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


बागलुङ जिप दुर्घटनाः देउवाद्वारा दुःख व्यक्त


0
Shares

काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङमा जिप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले मंगलबार एक विज्ञप्तिमार्फत् घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गुल्मीबाट बागलुङको निसीखोला जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप मंगलबार भीमगिठेमा दुर्घटनामा परेको हो ।

यही मंसिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला आज बागलुङमा यति ठूलो संख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिंगो मुलुकलाई नै शोकमग्न बनाएको उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न/गराउनसमेत सरकारको ध्यानाकृष्ट गराएका छन् । रासस