Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालमा मानव दुध बैंक स्थापनाको तयारी, ल्याक्टोजिनको विज्ञापन गरे कारबाही


0
Shares

काठमाडौं, साउन १७ । आमाको दूध संरक्षण गरेर राख्न नेपालमा मानव दुध बैंक स्थापना गर्न लागिएको छ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न मानव दुध बैंक स्थापना गर्न लागिएको पनि पराजुलीले जानकारी दिनुभयो ।

नेपालमा ६२ प्रतिशत महिलाले मात्र पूण स्तनपान गराउने गरेको तथ्याक रहेको छ । परिवार कल्याण महाशाखाले आइतबारदेखि देशव्यापी रुपमा सुरु गरेको स्तनपान सप्ताह कार्यक्रममा ६२ प्रतिशत महिलाले मात्र आफना सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको जानकारीदियो ।

शाखाले सो बैंकमा दूध राख्नका लागि करिव १ करोडको मसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ ।

सन् २०१९ मा गरिएको अध्ययनले शिशु जम्मेको १ घण्टा भित्र स्तनपान गराउने महिनाको संख्या ४२ प्रतिशत मात्र रहेको र २ बर्ष सम्म स्तनपान गराउनेको संख्या करिव ८८ प्रतिशत रहेको देखाएको छ ।

कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाईए कडा कार्वाही गर्ने चेतावनी समेत दिनुभयो ।

शिशुलाई आमाको दुध खुवाउदा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढ्ने तथा वौद्धिक शक्तिको विकास राम्रो सँग हुने भन्दै सबै महिलालाई यसवारे जानकारी दिनुपर्ने बताउनुभयो । आइतबारदेखि देशव्यापी एक हप्ता सम्म विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइदंैछ ।