काठमाडौं, साउन १७ । काठमाडौंको मरु प्याफल टोल अवस्थित ऊँ शान्ति योग साधना केन्द्र स्थापनाको १३ बर्ष पूरा भएको छ ।
केन्द्रको १३ औं बार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागीहरुले योगको महत्वका बारे प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ईमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरले अहिलेको समयमा योगको महत्व थप बढेको भन्दै योगको अनुशरणका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रको आमरण सदस्यता लिनुहुने र केन्द्रको उद्घोषक तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्