Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


उपप्रधानमन्त्री पोखरेलले दिए निर्देशन : जनताको काम छिटो गर्नुस


0
Shares

काठमाडौं, मंसिर १६ । उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेलले जनताको काम छिटोछरितो गर्न निर्देशन दिएका छन् ।

बुढानिलकण्ठ नगरपालिकाको नवनिर्मित भवनको आज काठमाडौमा शिलान्यास गर्दै उनले जनताको काममा कुनै ढिला सुस्ति नगर्न निर्देशन दिएका हुन् ।

भ्रष्टाचार र अनियमितता सरकारको शत्रु भएकाले सुशासनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

आर्थिक समृद्धिका लागि सरकार दृढ रहेको भन्दै उनले आर्थिक विकासबाट मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताए ।

बुढानिलकण्ठ नगरपालिका आफैमा महत्वपूर्ण नगरपालिका भएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने पनि बताए ।

नगरपालिकाका मेयर उद्धव खरेलले नगरपालिकालाई सुशासनको केन्द्र बनाइने बताए । उनले नगरबासीका समस्यालाई छिटोछरीतो रुपमा सामाधान गरिने बताए ।

कार्यक्रममा नगरपालिकामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।