
कञ्चनपुर, मंसिर १६ । कञ्चनपुरमा २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको छ ।
महाकाली अस्पतालमा उपचार गराउन आएका २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
भिमदत्त नगरपालिकाका ९ र १८ का २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको महाकाली अस्पतालका मेडिकल रेकर्डर नारदप्रसाद भट्टले बताए ।
उनका अनुसार गत वर्ष एक जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाईफसका बिरामी बढी भेटिए पनि कञ्चनपुरमा भने यस वर्ष पहिलो पटक देखिएको अस्पतालले जनाएको छ ।
मुसा जातिमा पाइने सुल्सुले किर्नाको टोकाइबाट स्क्रब टाइपसको संक्रमण हुने चिकित्सक बताउँछन् ।
यसको संक्रमण भएका बिरामीमा किर्नाले टोकेको ठाउँमा घाउ तथा शरीरमा बिमिरा देखिने, अत्यधिक ज्वरो आउनुका साथै शरीरका विभिन्न भाग दुख्ने गर्दछ ।
समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्