काठमाडौं, मंसिर १६ । एक अध्यक्ष, तीन उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि भएको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो मत परिणाम अनुसार एक अध्यक्षसहित तीन उपाध्यक्षमा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।
४३ वडाध्यक्षमध्ये नेकपाले २५, नेपाली काँग्रेस १२, राष्ट्रिय जनता पार्टी नेपाल तीन, संघीय समाजवादी पार्टी दुई र स्वतन्त्र एक स्थानमा विजयी भएका छन् ।
धरानको सात नम्बरको वडा अध्यक्षको मतपरिणाम भने आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्