Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


धरान उपमहानगरपालिकामा कांग्रेसका तिलक राई विजय नजिक


0
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ ।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् । नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् ।

कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत पाउँदा नेकपाका प्रकाश राईले २३  हजार १४ मत पाएका हुन् ।

अहिले वडा नम्बर १ र ७ को मत गणना भइरहेको छ । कांग्रेसका राई करिब २२ सय मतले जित्ने आंकलन गरिएको छ ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।