काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस खानेकुरा पनि खुवाउन थालएको छ ।
सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली सल्यक्रियाको एक सातापछि सामान्य हिँडडुल गर्न थालेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र आइसियुमै सामान्य हिँडडुल गर्न थालेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले प्रधानमन्त्रीलाई ठोस आहार खुवाउन सुरु गरिएको बताए ।
गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसार्इटिसको सल्यक्रिया गरिएको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्