Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पिपरा गाउँपालिकाको अध्यक्षमा विक्रम विजयी


0
Shares

जलेश्वर, मंसिर १५ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याए ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार नौं सय ८४ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसका उम्मेदवार विजय यादवले एक हजार नौं सय ३५ मत ल्याएर चौथो स्थान प्राप्त गरेका छन् ।

नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा दुई सय ८ बढी मत ल्याएर विजयी भएका हुन् ।

यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो । रासस