Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बाग्लुङमा कांग्रेसको अग्रता कायमै


0
Shares

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनको मतगणनाको सुरुवाती चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुससार निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमाखसेको मतगणना गर्दा कांग्रेसका जित शेरचनले १ हजार ६ सय २७ पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले १ हजार ५ सय ४६ मत पाएका छन् ।

समाजवादी पार्टीका अशोक विकले ८२ स्वतन्त्र–क्लिप चिह्नमा १५, स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ७, राप्रपा संयुक्तले १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ ले मत पाएको छ भने ५७ मत बदर भएको छ ।