Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


रोयल ईन्फिल्डको मिटोर बजारमा


0
Shares

काठमाडौं, साउन १३ । रोयल ईन्फिल्डको आधिकारीक बिक्रेता एम भि दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाईल्सले अत्याधुनिक विशेषता सहितको रोयल ईन्फिल्डको मिटोर ३५० सेरिजका बाइक सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनगरी अत्याधुनिक विशेषतायुक्त कु्रजर सेरिजका फायर बल, स्टेलर र सुपरनोभा बाईक सार्वजनिक गरेको हो । यी बाईकमा ईलेक्ट्रिोनिक फ्युल ईन्टेक्सन र डुअल च्यानल एबिएस पनि राखिएको छ । बजारमा चहलपहल बढेसँगै अटोमोबाईलको व्यापारमा पनि वृद्धि भएको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले बताउनुभयो ।

अत्याधुनिक विशेषता सहितका यी मोटरसाईकल छिट्टै नै ग्राहकको रोजाईमा पर्ने कम्पनीका सेल्स म्यानेजर कनक जमरले विश्वास व्यक्त गर्नुभयो । यी मोटरसाइकलको बजार मूल्य ६ लाख देखि ६ लाख ४५ हजार सम्म तोकिएका छन् ।