Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फाल्गुनन्द गाउँपालिकामा नेकपाको अग्रता, काँग्रेस पछिपछि


0
Shares

पाँचथर, मंसिर १५ । फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म गणना भएको एक हजार छ सय ९४ मत मध्ये नेकपाका उमेदवार वीरबहादुर कुरुङवाङले सात सय ८१, नेपाली कांग्रेसका उमेदवार वृज आङदेङ्बेले सात सय १३ मत प्राप्त गरेका छन् ।

त्यस्तै समाजवादी बिमला आङदेम्बेले ९३, गाईले ११, हलोले १७, दापसहितको खुकुरीले सात, घरले ७ मत प्राप्त गरेका छन् ।

जसमध्ये बदर मत १५ रहेको छ । अध्यक्ष पदका लागि शनिबार भएको उपचुनावमा ६६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिकामा १६ हजार ५ सय ७७ जना मतदाता  रहेका छन् ।