Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


दाङ क्षेत्र नं ३ (ख) मा नेकपाकी विमलाको अग्रता (अपडेट)


0
Shares

दाङ, मंसिर १५ । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणम आउने क्रम जारी छ । यसैअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा मतगणना जारी छ ।

हालसम्म नेकपाकी उमेदवार बिमला कुमारी खत्रीले ७५०२ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसका उमेदवार केशवराज आचार्यले ५३५१ मत प्राप्त गरेका छन् ।

घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा मतगणना भइरहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।