Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


पाँचथरमा नेकपा र काँग्रेस एक एक स्थानमा विजयी


0
Shares

पाँचथर, मंसिर १५ । उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।

फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गजाधर भट्टराई विजयी भएका छन् भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी भएका छन् ।

फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गरे ।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गरेका छन् ।

उनले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ । रासस