२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


विश्वकै लामो दाबी गरिएको झोलुङ्ग पुलमा पर्यटकको घुँइचो


0
Shares

बागलुङ । गत वर्ष लकडाउनकै बीच सञ्चालनमा आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल हुन थालेको हो ।

कोरोनाका कारण घरमै गुम्सिएर बसेका नागरिकहरु लकडाउन खुकुलो हुन थालेपछि पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छन् ।

पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदन समेत दिइसकेको छ ।

कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।