Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मोरङमा काँग्रेस विजयी


0
Shares

विराटनगर, मंसिर १५ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक  हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस